बाँके कांग्रेसको चुनाव सकियो, मतगणना सुरु

128

नेपालगन्ज, फागुन ७–
सभापति पद चयनका लागि नेपाली कांग्रेस बाँकेको दोस्रो निर्वाचन सम्पन्न भएको छ । सहायक जिल्ला निर्वाचन अधिकृत जनकबहादुर शाहीका अनुसार कुल ६ सय १२ मतदाता मध्ये ५ सय ९१ मत खसेको छ । मतदान सकिए लगत्तै मतगणना कार्य सुरु भएको उनले जानकारी दिए ।

Matdan

नेपालगन्ज रंगशालास्थित कर्वड हलमा बिहान ११ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म चल्नेको थियो । मतगणनाको परिणाम आजै बेलुका सम्म सार्वजनिक गरिने सहायक जिल्ला निर्वाचन अधिकृत शाहीले बताएका छन् । सभापति पदमा नेतृ किरण कोईराला र नेता निरन्जनसिंह सिजापति बीच प्रतिस्पर्धा भइरहेको छ ।

Banke Congress

गत माघ २५ गते सम्पन्न पहिलो निर्वाचनमा सभापति पदमा ४ जनाले उम्मेदवारी दिएका थिए । पहिलो निर्वाचनमा कसैलेपनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि प्राप्त मतका आधारमा पहिलो र दोस्रो नम्वरमा आएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा गराइएको हो ।

Matdata

Security

Womui
Womui