कस्ले पाउँला बाँके कांग्रेसको नेतृत्व ?

150

विश्लेषण रिपोर्ट

नेपालगन्ज, फागुन ७–
पुर्वप्रधानमन्त्री एवम् स्वर्गिय सभापतिको गृहजिल्ला बाँकेमा सभापति चयनका लागि आज हुन गइरहेको निर्वाचनका विषयमा अनेक अड्कलबाजी हुन थालेका छन् । दोस्रो पटकका लागि तय गरिएको निर्वाचन बिहान ११ बजेबाट ३ बजे सम्मका लागि नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा सुरु हुदैछ । जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) जनकबहादुर शाहीका अनुसार जिल्लाका विभिन्न बुथबाट आउने कुल ६ सय १२ जना प्रतिनीधि(मतदाता)ले सभापती पदमा मतदान गर्नेछन् । सभापतिमा नेता नेतृ किरण कोईराला र नेता निरन्जनसिंह सिजापतिबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवार सिजापति र कोईराला दुबै जना संस्थापन पक्षका हुन् । यि दुई मध्य एक जना व्यक्ति आज अपरान्ह सम्म सभापति निर्वाचित हुने पक्का छ । बाँके कांग्रेसको नेतृत्व कस्ले पाउँला त ? यस विषयमा दुबै पक्षले आ–आफ्नै दाबी गरिरहेका छन् ।

Banke Congress

जिल्ला सभापति भएकै समयमा पति स्वर्गिय डाक्टर अरुण कोईरालालाई गुमाएकी उम्मेदवार किरणले भर्खरै मात्र जेठाजु सुशीललाई गुमाईन् । यसले गर्दा कोईराला परिवारमा पीडामाथि पीडा थपिएको छ । यस पटकको निर्वाचनमा उनले मतदाताबाट सहानुभुति पाउने अपेक्षा गरेकी छन् । मतदाताको सहानुभुती र माया नै आफ्नो चुनाव जित्ने आधार रहेको नेतृ किरणको भनाई छ । पार्टीका अग्रज नेता, कार्यकर्ता र समुहसँग भेटघाट गरिरहेको उनले बताईन् । ‘बर्षौदेखि मलाई नेतृत्वमा आउने रहर थियो, अहिले डाक्टर सा ब(स्व. पति अरुण कोईराला) नभएको अवस्थामा उहाँले गर्न बाँकी रहेका काम गर्नकै लागि सभापतिको उम्मेदवार बनेकी हुँ,’ किरणले भनिन् ।

यता पार्टीलाई सक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै प्रचार गरिरहेको निरन्जनसिंह सिजापतिको समुह दया र माया गरेर पार्टी चल्न नसक्ने भन्दै लामो समयदेखि दुःख, पसिना बगाएका व्यक्तिले नेतृत्व पाउनुपर्ने अडानका साथ मैदानमा उत्रिएको छ । आफु लामो समयदेखि बिद्यार्थी राजनीति हुदै पार्टीको जिल्ला राजनीतिमा सक्रिय रहेकाले आफ्नो जित्ने आधार बलियो रहेको सिजापति बताउँछन् ।सिजापति यस पटक कार्यकर्ताले आफुलाई न्याय गर्नुपर्ने जिकिर गर्छन् । पार्टीको १२ औं अधिवेशनमा आफु सभापतिको उम्मेदवार बन्न खोज्दा निर्वतमान सभापति स्वर्गीय डा. अरुण कोईरालालाई सहयोग गरेको उनले स्मरण गराए । उनले थपे, ‘त्यो बेला म सभापतिको प्रत्यासी हुदाँ आदरणीय पार्टी सभापति सुशील कोईराला ज्यूले ‘तिमी यस पटक अरुणलाई सहयोग गर अर्को पटक तिमी पालो पाउँछौ भनेर बचन दिनु भएको थियो, मैले सभापति ज्यू र अरु सिनियर साथीहरुको बचन मानेर त्यो बेला सहयोग गरेको हुँ, अहिले मलाई न्याय गर्नुपर्छ ।’

वरिष्ठ नेता देउवा र नेता खुमबहादुर खड्का पक्षका अधिकांस नेताले भने सिजापतिलाई जिताउन सक्रिय भएका छन् । देउवा पक्षका निर्वतमान कार्यबाहक सभापति लाहुराम थारु भने कोईरालाको पक्षमा छन् । गत माघ २५ गते सम्पन्न पहिलो निर्वाचनमा सभापति पदका लागि ४ जनाले उम्मेदवारी दिएपनि पार्टीको विधान अनुसार कसैलेपनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन सकेनन् । प्राप्त मतका आधारमा पहिलो र दोस्रो नम्वरमा रहेका कोईराला र सिजापतिलाई निर्वाचन समितिले पुनः प्रतिस्पर्धा गराउने तयारी गरेकै अवस्थामा कांग्रेस सभापति सुशील कोईरालाको निधन भएको थियो । कोईरालाको निधनका कारण केहीदिन स्थगित भएको उक्त निर्वाचन फागुन ७ गतेका लागि तोकिएको हो । नेतृ कोईरालाको पक्षमा पुर्व सभापति युवराज शर्मा, सांसदद्धय बादसाह कुर्मी र अब्दुल हमिद सिद्धिकी, पुर्व सांसद कृष्णसिंह परियार, कार्यबाहक सभापति लाहुराम थारु, युवा नेता टेकनारायण भुसाल, क्षेत्र नम्वर २ का सभापति रामचन्द्र मौर्य, क्षेत्र नम्वर ४ का निर्वतमान सभापति महेन्द्रमल्ल ठकुरी लगायत सक्रिय छन् ।

नेता सिजापतिको पक्षमा पुर्व सभापति कृष्णमान श्रेष्ठ, जिल्ला सचिव तप्त पौडेल, निर्वतमान सचिव विजय यादव, सांसद मैकुलाल बाल्मिकी, क्षेत्र नम्वर १ का सभापति माधवराम खत्री, क्षेत्र नम्वर ३ का रमेश गुप्ता, कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्ट, युवा नेता अमर खड्का, निरज चलाउने, मोहम्मद याकुव अन्सारी लगायत व्यक्तिहरु खुलैरै प्रचार–प्रसार गरिरहेका छन् । पहिलो चुनावबाट सभापति पदमा तेस्रो र चौथो स्थानमा सिमित रहेका उम्मेदवारद्धय नारायण गौडेल र लक्ष्मीनारायण शाहको सर्मथन जुटाउन पनि कोईराला र सिजापति पक्षको दौडधुप चलेको छ ।

सिजापति पक्षले भने गौडेल र शाहबाट आफुहरुलाई भित्रि रुपमा सहयोग गर्ने सहमती भएको दाबी गरेको छ । ‘बाहिरबाट किरण कोईरालालाई सहयोग गरेको जस्तो गर्ने, तर भित्री रुपमा निरन्जन सिंह सिजापतिलाई नै जिताउन भूमिका निभाउने उहाँहरु दुबै जनासँग भद्र सहमती भएको छ,’ एक नेताले भने । नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टले मतदान गर्ने अधिकार कार्यकर्तामा पुर्ण रुपमा रहेपनि पार्टीमा धेरै योगदान पु¥याएको व्यक्तिको सही मुल्यांकन गरिनुपर्ने बताए । ‘सुशील दाई नै नरहेको अवस्थामा अब पार्टीलाई कसरी जोगाउने भन्ने चिन्ता सर्वत्र रुपमा छाएको छ,’ विष्टले भने ‘जसले पार्टीलाई हाँक्न सक्छ, त्यसलाई चुनाव जिताउनुपर्छ ।’ 

Womui
Womui