प्रधानमन्त्री ओली सहितको टोली दिल्ली प्रस्थान

184

काठमाडौं, फागुन ७–
प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारकि भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । विमानस्थलमा प्रधानमन्त्रीलाई नेपाली सेनाले सम्मानसहित विदाइ सलामी अर्पण गरेको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालका अनुसार भ्रमणमा ५२ जना सहभागी छन् । प्रधानमन्त्रीसँगै ५२ जनाको टोली नेपाल वायुसेवा निगमको नियमित उडानमा दिल्ली प्रस्थान गर्न लागेको हो । निर्धारित ३ बजेको फ्लाइट समय तोकिएको भए पनि ३ः२७ मा उडान भएको थियो ।

KP Oli @ India

भ्रमण टोलीमा प्रधानमन्त्री ओली सहित उनकी श्रीमती राधिका शाक्य, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकणका सिइओ सुशील ज्ञवाली, प्रधानमन्त्री ओलीका निजी सचिव इन्द्रप्रसाद भण्डारी, सांसदहरु भानुभक्त ढकाल, राजन भट्टराई, लालबाबु यादव, हितराज पाण्डे, जितेन्द्रनारायण देव, बिक्रम पाण्डे, सीमाकुमारी बिक, भक्तबहादुर विश्वकर्मा खपाङगी, शिवकुमार मण्डल केवट, ऐइन्द्र सुन्दर नेम्वाङ, नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी सहभागि छन् ।

यस्तै परराष्ट्र सचिव शंकरदास वैरागी, उर्जा सचिव सुमनप्रसाद शर्मा, बाणिज्य सचिव नइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव अर्जुन कुमार कार्की, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार गोपाल खनाल, लगानी बोर्डका सिइओ राधेश पन्त, परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश कुमार सुवेदी, चिफ अफ प्रोटोकल रमेशप्रसाद खनाल, अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फनिन्द्र गौतम पुगेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद कुमार सिंह, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह, प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव भरतकुमार रेग्मी, प्रधानमन्त्री ओलीका अंग रक्षक भुवन खत्री, सुरक्षा अधिकृत डिसपी सन्तोष तामाङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद ओडारी, प्रोटोकल अफिसर चक्रकुमार सुवेदी, सहयोगी शितल बज्राचार्य, भारतका लागि नेपाली दूतावासका प्रतिनिधिहरु, राजदूत दीपकुमार उपाध्याय, कार्यकारी प्रमुख कृष्णप्रसाद ढकाल, ढुन्डिराज पोखरेल रहेका छन् ।

यसैगरी पत्रकारहरु नेपाल टेलिभिजनका रवीचन्द्र पराजुली, नेपाल टेलिभिजनका क्यामेरा म्यान पुरुशोत्ताम घिमिरे, राष्ट्रिय समाचार समितिका प्रतिनिधि प्रकाश सिलवाल, दृष्टी साप्ताहिकका प्रमुख सम्पादक शम्भु श्रेष्ठ, रेडियो नेपालका प्रतिनिधि गोविन्द चिमोरिया र स्टील फोटोग्राफर आनन्दराम डंगोल भ्रमणटोलीमा सहभागि भएका छन् ।

Womui
Womui