राष्ट्रिय युवा सम्मेलन र बासको महाधिवेशन नेपालगन्जमा हुदै

169

नेपालगन्ज, फागुन ७–
भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय युवा सम्मेलन तथा बागेश्वरी असल शासन क्लब(बास) को ७ औं महाधिवेशन आज नेपालगन्जमा हुदैछ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा एक समारोहका बीच बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रम स्थल दुलहीझै सिंगारिएको छ । उद्घाटन समारोहमा टीआई नेपालका अध्यक्ष भरतबहादुर थापा, भ्रष्टाचार विरुद्धका अभियन्ता केदार खड्का लगायतको उपस्थिती रहने भएको छ ।

Bas

उद्घाटन कार्यक्रम सुरु हुनु भन्दा अगाडी अहिले बिहान नेपालगन्जमा भ्रष्टाचार विरद्ध रयाली निकालिएको छ । भृकुटीनगरबाट सुरु भएको रयाली त्रिभुवन चोक, विपी चोक हुदै कार्यक्रम स्थलमा पुगेर समापन हुने बासका अध्यक्ष मन भण्डारीले जानकारी दिएका छन् । भ्रष्टाचार विरुद्ध बासले नेपालगन्ज लगायत विभिन्न जिल्लामा लामो समयदेखि काम गर्दै आएको छ ।

Womui
Womui