विवाह भोजमा निस्केका चौधरी मृत फेला

23

कञ्चनपुर, फागुन ७–
विवाह भोजमा सहभागि हुन जान भनि घरबाट निस्केका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ नौखरीका ३२ वर्षीय आशाराम चौधरी मृत फेला परेका छन् । घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा उनी फेला परेका हुन् । चौधरी झुन्डिएको अवस्थामा देखेपछि घरपरिवारका सदस्यले तत्काल इलाका प्रहरी कार्यालय झलारीमा खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले चौधरीको शव रुखबाट निकाली शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले चौधरीको आर्थिक अवस्था कमजोर रहेकाले घरपरिवारको खर्च धान्न नसक्दा आत्महत्या गरेको हुन सक्ने बताए ।

Womui
Womui