ओलीको स्वागतमा दिल्लीमा तामझाम

101

नयाँ दिल्ली, फागुन ७–
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्र होइन राष्ट्रपति प्रणव मुखर्जी पनि उत्साही भएको बताएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको चाहना र भारत सरकारको इच्छा अनुसार प्रधानमन्त्री केपी ओलीको भ्रमण राजकीय हैसियतमा हुन लागेको छ । बेलायतका अन्तिम गभर्नर लर्ड माउन्टब्याटेन बसेको राजभवन भव्य र सानदार छ । ओलीलाई त्यही भवनमा राखिने भएको छ ।

New Dilhi

सम्बन्ध पुर्नस्थापित गर्ने अवसरका रूपमा भारत सरकारले नै भ्रमणलाई उच्च महत्त्व दिएको हामीले महसुस गरेका छौँ । हाम्रोजस्तै भारतको पनि नेपालसँगको सम्बन्ध सुधार प्राथमिकतामा छ । नाकाबन्दी हटेको छ । तर, गरिब जनताले अझै सरल तरिकाले ग्यास र तेल पाएका छैनन् । जुन दिनसम्म पाउँदैनन, त्यसवेलासम्म सहज भयो भन्न मिल्दैन । सहज आपूर्तिले मात्रै नेपाल–भारत सम्बन्ध सुधार भएको भन्न मिल्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Womui
Womui