ओली–थापा ‘सम्बन्ध चिसिँदै’

76

काठमाडौं, फागुन ७–
भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीचको असमझदारी सतहमा देखिएको छ । प्रधानमन्त्री स्वयंले आयोजना गरेको पत्रकार सम्मेलनमा निमन्त्रणा गरिए पनि परराष्ट्रमन्त्री थापा उपस्थित भएनन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउने उद्देश्यले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै पत्रकार सम्मेलनमा उनलाई निम्तो गरेका थिए । प्रधानमन्त्री कार्यालयले दिउँसो २ बजेका लागि पत्रकारलाई निम्ता गरेको थियो भने परराष्ट्रले ३ बजे । परराष्ट्रले बिहीबार १२:३४ बजे पत्रकार सम्मेलनमा आउन सञ्चारकर्मीलाई निमन्त्रणा पठाएको थियो । प्रधानमन्त्री कार्यालयले दिउँसो २ बजे सोही विषयमा जानकारी दिन पत्रकार सम्मेलन गरेको थाहा पाएपछि परराष्ट्रले १:४० बजे पत्रकार सम्मेलनको स्थान र समय परिवर्तन भएको भन्दै सञ्चारकर्मीलाई इमेलमार्फत जानकारी गराएको थियो ।

KP Kamal

निर्धारित समयभन्दा निकै ढिला पत्रकार सम्मेलनमा उपस्थित भएका प्रधानमन्त्रीले सुरुमै परराष्ट्रमन्त्रीलाई खोजे। त्यसपछि मुख्यसचिव सोमलाल सुवेदीले परराष्ट्रमन्त्री थापालाई त्यहीँबाट फोन गरेका थिए । थापाले कार्यव्यस्तताका कारण आउन नसकेको भन्दै कम्तीमा ७ मिनेट लाग्ने बताएपछि प्रधानमन्त्रीले कुरेनन, कार्यक्रम सुरु गर्न मुख्यसचिवलाई निर्देशन दिए । ऊर्जामन्त्री तोपबहादुर रायमाझी, मुख्यसचिव सुवेदीलाई साथमा लिएर प्रधानमन्त्री पत्रकार सम्मेलन कक्षमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणको सम्पूर्ण तारतम्य मिलाउने परराष्ट्र मन्त्रालयका कुनै पनि पदाधिकारी कार्यक्रम सुरु हुनुभन्दा अघिसम्म उपस्थित थिएनन् ।

पत्रकार सम्मेलन सुरु भएको केही समयपछि परराष्ट्रसचिव शंकरदास वैरागी पत्रकार सम्मेलनस्थल आइपुगेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री थापाका जनसम्पर्क विज्ञ मोहन श्रेष्ठले भने प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीबीच कुनै असमझदारी नभएको बताए । उनले भने, ‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच कुनै मनमुटाब छैन । उपप्रधानमन्त्री थापा कार्यसम्पादन समितिको बैठकमा हुनुभएकाले पत्रकार सम्मेलनमा जान नभ्याउनुभएको हो ।’ आजको नागरिकमा समाचार छ ।

Womui
Womui