प्रधानमन्त्री ओलीको आजदेखि भारत भ्रमण

215

काठमाडौं, फागुन ७–
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली ५२ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रवार दिउँसो ३ बजे भारत जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मुख्य सचिव डाक्टर सोमलाल सुवेदी लगायतका उच्च अधिकारीहरु रहेका छन् ।

kp oli pic

भारत भ्रमणका क्रममा ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी भारतीय प्रधानमन्त्री मोदी, भारतीय राजनीतिक दलका शीर्ष नेताहरु लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भारतले उपलब्ध गराउने ७५० मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग सम्झौतामा नेपाल र भारतवीच हस्ताक्षर हुने बताइएको छ । भूकम्पपछिको पूनर्निर्माणका लागि भारतले दिने प्रतिबद्धता जनाएको एक अर्ब अमेरिकी डलर सहयोग सम्झौतामा पनि हस्ताक्षर हुनेछ । यसैगरी ५ अबै बराबरको हुलाकी राजमार्ग पाँच लेनमा विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुने बताइएको छ । प्रधानमन्त्री ओली फागुन १२ गते स्वदेश फर्किनेछन् ।

Womui
Womui