दाङको देउखुरीमा आगलागी, दुईदर्जन बढी घरगोठ जले

21

दाङ, फागुन ७–
देउखुरीको राजपुरस्थित एक गाउँमा भीषण आगलागी भएको छ । राप्ती पारी पर्ने राजपुर गाविस १ फोहरा भन्ने गाउँमा बिहीबार दिउँसो आगलागी भएको हो । आगलागीबाट अहिले सम्म १५ बढी घर र त्यतिकै संख्यामा गोठ जलेर नष्ट भएको घटनास्थल खटिएका इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजु थापाले जानकारी दिए । स्थानीय मायाराम यादवको घरबाट सल्किएको आगो हावाका कारण गाउँभरी फैलिएको थियो ।

Womui
Womui