सभापति छान्न आज बाँके कांग्रेसको दोस्रो चुनाव

47

नेपालगन्ज, फागुन ७–
सभापति पदका लागि नेपाली कांग्रेस बाँकेको दोस्रो निर्वाचन आज नेपालगन्जमा हुदैछ । निर्वाचन नेपालगन्ज रंगशालास्थित कर्वड हलमा बिहान ११ बजेबाट सुरु भएर दिउँसो ३ बजे सम्म चल्नेछ । उक्त निर्वाचनमा गाउँ तथा नगर वडा इकाइबाट आएका कुल ६ सय १२ जना मतदाताले सभापति पदमा मात्र भोट हाल्ने निर्वाचन समितिले जनाएको छ । सभापति पदमा नेतृ किरण कोईराला र नेता निरन्जनसिंह सिजापति मैदानमा उत्रिएका छन् ।

Banke Congress

गत माघ २५ गते सम्पन्न पहिलो निर्वाचनमा सभापति पदमा ४ जनाले उम्मेदवारी दिएका थिए । पहिलो निर्वाचनमा नेतृ कोईरालाले सबैभन्दा बढी मत २ सय ६५, सिजापतिले १ सय ४७ तथा नारायण गौडेलले १ सय ३७ र लक्ष्मीनारायण शाहले २५ मत प्राप्त गरेका थिए । त्यसक्रममा कसैलेपनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि प्राप्त मतका आधारमा पहिलो र दोस्रो नम्वरमा आउने उम्मेदवारलाई पुनः प्रतिस्पर्धा गराउन लागिएको हो ।

दोस्रो निर्वाचन माघ २६ गते हुने तय भएपनि कांग्रेस सभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोईरालाको असामयिक निधन भएका कारण रोकिएको थियो । निर्वाचनको पुर्वसन्ध्यामा सभापतिका उम्मेदवारले आफ्नो प्रचार–प्रसार तिव्र पारेका छन् । जेठाजु सुशीलको निधनपछि काठमाण्डौ पुगेकी नेतृ कोईराला प्रचार–प्रसारका लागि केहीदिन अघि नेपालगन्ज आएकी थिईन् । दुबै उम्मेदवारले भेटघाट अभियानलाई तिव्र पारेका छन् ।

Womui
Womui