नयाँ शक्तिको प्रधानमन्त्रीलाई ६ बुँदे सुझाव

29

काठमाडौं, फागुन ६–
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा नयाँ शक्ति नेपालले विभिन्न ६ बुँदे सुझाव दिएको छ । नयाँ शक्तिको अन्तराष्ट्रिय विभागले बिहीबार साँझ सुझाव दिएको हो । विगतमा दुबै मुलुकबीच भएका व्यापार तथा पारवहन सन्धीका उद्देश्यमा प्रतिबद्ध रहँदै व्यापारिक वस्तुको ढुवानीमा दुवै सरकारले कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाउनु पर्ने, नेपालको भारतसँगको व्यापार घाटा कम गर्न निर्यात कुण्ठित गर्ने गरी लगाइएका सबै गैरमहशुल अवरोधहरु हटाउन भारतलाई दबाब दिनुपर्ने, दक्षिण एसिया क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न हिमपर्वतहरुको संरक्षण गर्नुपर्ने प्रमुख दायित्व भारतको भन्ने बोध गराउँदै त्यस दिशामा लाग्न भारतलाई आग्रह गर्नुपर्ने सुझाव नयाँ शक्तिको छ ।

Baburam Bhattrai

यसैगरी दुई मुलुकबीच ऐतिहासिक, भाषिक साँस्कृतिक र पारिवारीक सम्बन्धहरु रहेकोले दुबै देशले एकअर्को देशमा रहेका खास समुदाय वा बासिन्दाको मात्र पक्षपोषण गर्न नहुने विषय प्रस्ट पार्नुपर्ने, १९५० लागायतका द्विपक्षीय सन्धी सम्झौतालाई दुबै देशको हितअनुकुल पुनरावलोकन गर्न तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा प्रस्ताव गरिउका विषयहरुलाई कार्यान्वय गर्न आग्रह गर्नुपर्ने र नेपालको राष्ट्रिय हितलाई असर पर्ने गरी तत्कालिन तथा दीर्घकालिन महत्वका कुनै सन्धि सम्झौताहरु नगर्न नयाँ शक्तिले प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

Womui
Womui