तीन दिनपछि फुटबल टोलीलाई राष्ट्रपतिको बधाई

42

काठमाडौं, फागुन ५—
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बधाई दिएकी छिन् । दक्षिण एशियाली खेलकूद (साग) मा सोमबार नेपालले भारतलाई हराउँदै स्वर्णपदक हात पारेको थियो । राष्ट्रपतिले कप्तान, दोहोरो ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ, आकर्षक गोल गर्ने प्रकाश बुढाथोकी सहित सबै टोली र प्रशिक्षकलाई बधाई दिएकी हुन् । विजेता टोली बुधबार भारतबाट नेपाल फर्किएको छ । राष्ट्रपतिले सागमा स्वर्ण पदक जित्ने उसुकी निमा घर्तीमगर तथा जुडोकी फुपूल्यामु खत्री सहित सबै पदक विजेतलाई बधाई तथा शुभकामना दिएकी छिन् ।

Womui
Womui