भरुवा बन्दुक सहित दुई जना पक्राउ

67

सिरहा, फागुन ५–
भरुवा बन्दुकसहित सिरहामा दुई व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले भरुवा बन्दुक र बारुदसहित गोलबजार–३ का २२ वर्षीय राजकुमार भुजेल र २६ वर्षीय मोती सदालाई पक्राउ गरेको गरेको हो । मंगलबार राती गोलबजार नगरपालिका–३ स्थित जंगबहादुर भुजेलको खेतबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिएका छन् । उनीहरुको साथबाट भरुवा बन्दुक र सोही हतियारमा प्रयोग गरिने बारुद एक किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui