पाकिस्तानमा भारतीय नागरिकलाई तीन वर्ष जेल सजाय

49

एजेन्सी, फागुन ५–
भारतीय नागरिकलाई जासुसको आरोपमा पाकिस्तानमा तीन वर्षको जेल सजायको फैसला सुनाइएको छ । भारतीय नागरिक हामिद अन्सारीलाई पाकिस्तानको सैन्य अदालतले जासुसी गरेको आरोपमा दोषी ठहर गरेको हो । अन्सारीलाई पाकिस्तानी सुरक्षाकर्मीको टोलीले सन् २०१२ मा अफगानिस्तानको बाटो हुँदै पाकिस्तानको कोहाट इलाका प्रवेश गर्दै गर्दा पक्राउ गरेका थिए । परिवारका सदस्यका अनुसार अन्सारीको इन्टरनेटमा कोही पाकिस्तानी महिला साथीलाई भेट्न पाकिस्तान गएका थिए । पाकिस्तान गएका उनी तीन वर्षसम्म पनि स्वदेश नफर्किएपछि परिवारले खोजीको प्रयास गरेको थियो । पाकिस्तानको पेशावर जेलमा रहेका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार भारतीय नागरिक अन्सारीले जासुसीको आरोप स्वीकार गरिसकेका छन् ।

Womui
Womui