‘सडक र ढलको काम ९३ प्रतिशत सम्पन्न’

100

नेपालगन्ज, फागुन ५–
एकीकृत शहरी विकास आयोजनाको सडक र ढलको काम अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा नेपालगन्ज उपमहानगरपालिकासँगको सम्झौता अनुसार एकीकृत शहरी विकास आयोजना अन्तगर्तको परियोजना कार्यान्वयन इकाइ मार्फत अहिले नेपालगन्जमा सतही ढल÷नाला निर्माण, सडक मर्मत र सुधारको काम चलिरहेको छ । सम्झौता अनुसार नगर क्षेत्रभित्रका सडक करिव ७ किलो मिटर र ६० किमी ढल निर्माण, सुधार एवम् निकासको काम ठेकेदार कम्पनी सिटीसिई कालिका जेभीले गरिरहेको छ । सोका लागि ७७ करोड ३४ लाख रुपैयाँ लागत छुट्याइएको छ । दुई वर्षभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता अनुसार अहिले सम्म ९३ प्रतिशत काम पूर्ण भइसकेको सम्वद्ध पक्षको दाबी छ ।

एकिकृत शहरी विकास आयोजना अन्तर्गत सडक निर्माण गरिदै ।
एकिकृत शहरी विकास आयोजना अन्तर्गत सडक निर्माण गरिदै ।

आयोजनाले नेपालगन्जमा आयोजना गरेको सरोकारवालासँगको राय, सुझाव संकलन तथा छलफलमा यस्तो जानकारी दिइएको हो । एशियाली विकास बैंकका प्रतिनीधी, आयोजनाका अधिकारी, उपमहानगरपालिका कर्मचारी, राजनीतिक दलका प्रतिनीधी, निर्माण कम्पनीका प्रतिनीधी लगायत सहभागि भएको कार्यक्रमका अधिकांश वक्ताले सडक र ढलको काम तिव्र गतिमा भइरहेपनि कतिपय स्थानमा अवरोध यथावत रहेकाले सो को तत्काल निकास या अन्य विकल्प खोजीनुपर्ने सुझाव दिएका छन् । सडक मापदण्ड अनुसार केही स्थान खाली (क्लीयर) गर्न नसकिएका कारण सडक, ढल निर्माणको काममा अवरोध भइरहेको स्पष्ट पार्दै परियोजना प्रमुख दिपक श्रेष्ठले विद्युत पोल, टेलिफोन लाइन, खानेपानी पाइप आदिले पनि निर्माणको गतिलाई चुनौती दिएको गुनासो गरे ।

आयोजना निर्देशक द्धारिका श्रेष्ठले आयोजनाको कामका लागि श्रोत र समय कम भएपनि छुटेका योजनाको सम्वोधन गर्ने तयारी भइरहेको जनाउँदै प्राथमिकता र सहजताका आधारमा विकासका कामलाई निरन्तरता दिन सल्लाह दिए । एडिवीका प्रतिनीधी लक्ष्मी शर्माले सम्वद्ध सबै पक्षको समन्वयात्मक र सहकार्यात्मक एकताले नै विकास निर्माण सम्भव हुने भएकाले सोका लागि सबै जिम्मेवार र क्रियाशिल बन्नुपर्नेमा जोड दिईन् । अवरोध विकास निर्माण योजनालाई छाडेर वैकल्पीक योजनातर्फ केन्द्रीत हुन सकिने उनले संकेत गरिन् । सो अवसरमा पुर्व मेयर विजय गुप्ता, सामाजिक विज्ञ लक्ष्मी सुवेदी, कालिका कन्ट्रक्सन कम्पनीका महानिर्देशक युवराज क्षेत्री, उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसी, एमालेका दत्तप्रसाद आचार्य लगायतले बोलेका थिए ।

Womui
Womui