दंगा प्रहरीलाई मदन भण्डारी भलिबलको उपाधी

78

कोहलपुर, फागुन ५–
मदन भण्डारी जिल्ला स्तरिय खुला भलिबल प्रतियोगीताको उपाधी दगां नियन्त्रण प्रहरीको समूह ‘बी’ ले हात पारेको छ । कोहलपुरमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जलाई हराउदै दंगाले उपाधी जितेको हो । प्रतियोगितामा उपविजेता महेन्द्र बहुमुखी क्याम्पस र तेस्रो स्थानमा दंगा नियन्त्रण प्रहरी समूह ‘ए’ आएको छ । प्रतियोगिता समापन कार्यक्रममा पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिट व्यूरो सदस्य कर्णबहादुर थापाले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै थापाले अहिले देश एक किसिमको खेलकुदमय बनेको बताए ।

Winner

विभिन्न अन्तराष्ट्रिय खेलकुदमा सफलता पाइरहेकोले खेलाडी तथा खेलकुदको क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिए । प्रतियोगिताको उपाधी जित्ने टिमलाई नगद २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुने १० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरीएको छ । प्रतियोगितामा ४ विभागिय सहित कुल २५ वटा टिम सहभागि भएका थिए । सो अवसरमा खेल क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरियो । सुटिङका अनिता श्रेष्ठ, पार्वती थापा, उपेन्द्र थापा, समिर अर्याल र भूमिजासिंह, भारत्तोलनका सुरेन्द्र हमाल र समशुद्दिन सिद्दिकी, जुडोका दलबहादुर गुरुङ, एथ्लेटिक्सका केशमाया श्रीस, नेरी थापा, व्याटमिन्टनका अनिल लाखे लगायत रहेका छन् ।

Womui
Womui