मदन भण्डारी जिल्ला स्तरिय खुला भलिबल सुरु

40

कोहलपुर, फाग ४–
मदन भण्डारी जिल्ला स्तरिय खुला भलिबल प्रतियोगिता कोहलपुरमा सुरु भएको छ । प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवले उद्घाटन गरेका छन् । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीय हुनेलाई १० हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा ४ वटा विभागिय र २१ ओटा क्लबका गरि २६ वटा टिमले सहभागिता जनाएका छन् ।

Pic[1]

प्रतियोगितामा अन्तराष्ट्रिय खेलमा सहभागी ११ जना खेलाडी र १७ जना सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने पनि कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ । सोमबार भएको प्रि–क्वाटर फाइनल खेलमा सल्यान रुकुम दाजुभाइ क्लव, दंगा नियन्त्रण प्रहरी नेपालगन्ज बी, कृष्ण माध्यामिक बिद्यालय कौशिलानगर, सिम्ताली युवा क्लब, दैलेख युवा क्लब, दंगा नियन्त्रण प्रहरी नेपालगन्ज ए, शसस्त्र प्रहरी त्रिपुरागण कोहलपुर, प्रगतीशिल युवा क्लब फतेपुर, ब्राइटलाइट एकेडेमी कौशिलानगर, पुढै युवा क्लब कोहलपुर र संयुक्त युवा क्लब सुर्खेत क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

Womui
Womui