कांग्रेस बर्दियामा पुनः गौतम निर्वाचित

49

बर्दिया, फागुन ४–
नेपाली कांग्रेस बर्दियाको सभापतिमा पुनः सञ्जय गौतम निर्वाचित भएका छन् । सम्पन्न मत परिणाम अनुसार गौतमले ३ सय ८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी बिद्याप्रसाद खनालले २ सय २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकबहादुर शाहले जानकारी दिएका छन् । जिल्लामा रहेका कुल ५ सय ४२ मतदाता मध्ये ५ सय ३५ मत खसेको थियो, भने ४ मत बदर भएको थियो । नवनिर्वाचित सभापति गौतम बर्दियाबाट निर्वाचित सांसद हुन् ।

सभापतिमा निर्वाचित भएपछि सम्वोधन गर्दै नवनिर्वाचित सभापति सञ्जय गौतम ।
सभापतिमा निर्वाचित भएपछि सम्वोधन गर्दै नवनिर्वाचित सभापति सञ्जय गौतम ।

उनी यसअघि पनि कांग्रेस बर्दियाका सभापति थिए । नेपाली कांग्रेस बर्दियाको नयाँ नेतृत्वका लागि यसअघि माघ १५ गते ४ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पहिलो नम्वरका गौतम र दोस्रो स्थानमा रहेका खनालबीच सोमबार पुनः निर्वाचन गराइएको हो । माघ १६ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचन नेपाली कांग्रेस सभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोईरालाको असामयिक निधन भएका कारण स्थगित भएको थियो ।

Womui
Womui