चन्दको नेतृत्वमा लोकतन्त्रवादी कानुन व्यवसायी मैदानमा

46

नेपालगन्ज, फागुन ४–
पुनरावेदन अदालत बार एशोसिएशन नेपालगन्जको निर्वाचनका लागि लोकतन्त्रवादी कानुन व्यवसायीको समुहले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । पुनरावेदन बार एशोसिएशनको यही फागुन १५ गते नेपालगन्जमा निर्वाचन हुदैछ । लोकतन्त्रवादी कानुन व्यवसायीको समूहका तर्फबाट महिला, आदीवासी जनजाती, मधेशी, मुस्लिम समेतको प्रतिनिधित्व गर्दै अधिवक्ता बलबहादुर चन्द अध्यक्ष पदको उम्मेदवार बनेका छन् । यस्तै उपाध्यक्ष पदका लागि ओमप्रकाश त्रिपाठी, सचिव कृष्णप्रसाद जैसी र कोषाध्यक्षमा रिजवान अहमद मिर्जा उम्मेदवार बनेका छन् ।

अध्यक्ष पदका उम्मेदवार बलबहादुर चन्द ।
अध्यक्ष पदका उम्मेदवार बलबहादुर चन्द ।

यस्तै सदस्य पदमा प्रभाकर भट्टराई, हरिशचन्द्र सिजापति, सुर्जलाल थारु, देवीमाया खत्री, सतिषचन्द्र थारु, राजाराम थारु, श्रीकृष्ण थारु, बसन्तकुमार श्रेष्ठ, कपिल जंग शाह, राजाराम अधिकारी, रुपनारायण विसी, राघव कार्की र सुदिपकुमार भट्टराई उठ्ने पक्का भएको नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन बाँकेले जनाएको छ । अध्यक्ष पदका उम्मेदवार चन्दले पुनरावेदन बार एशोसियशनको सचिव भई यसअघि नै सफलता पुर्वक आफ्नो कार्यकाल चलाइसकेका छन् । सबैसँग घुलमिल गर्न सक्ने, इमान्दारीता र आँटेको काम पुरा गर्ने क्षमता भएकै कारण चन्द सबै माझ लोकप्रिय छन् । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य पदका अधिकांस उम्मेदवार लामो समयदेखि कानुन व्यवसायका क्षेत्रमा सक्रिय रहदै आएका छन् ।

Womui
Womui