बिद्यार्थीलाई निर्घात कुटपिट

140

नेपालगन्ज, माघ २९–
जिल्लाको एक बिद्यालयमा बिद्यार्थीलाई विना कारण शिक्षकले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाँकेको बैजापुर–२ भवानियापुरस्थित ब्राइट स्काइ इंगलिस् मिडियम स्कुलका सञ्चालक तथा शिक्षक रामकिसन थारुले कक्षा १ मा पढ्ने ६ बर्षिय रेशम खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । शौचालय गएको निहुँमा आफुलाई कुटपिट गरेको पीडित बालकले बताएका छन् । ‘म ट्वाइलेट तिर जादै गरेको बेला रामकिसन सरले बेस्सरी कुट्नु भयो, मलाई धेरै दुख्यो,’ पीडित बालकले भने ।

बैजापुर–५ निवासी पीडित ६ बर्षिय बालक रेशम खत्री ।
बैजापुर–५ निवासी पीडित ६ बर्षिय बालक रेशम खत्री ।

कुटपिटबाट उनको शरिरभरी निलडाम भएपनि घरका अभिभावकलाई उनले जानकारी गराएका थिएनन् । तीन दिन सम्म ज्वरो आएर उनी घरमै थला परे । उनलाई च्यापेको ज्वरो सन्चो नभएपछि नजिकैको मेडिकलमा लगेर जचाउँदा शरिरभरी निलडाम भेटिएको र सोधपुछ गर्दा स्कुलमा कुटाई खाएको बालकले बताएका हुन् । पढ्न पठाएको छोरालाई निलडाम हुने गरी शिक्षकले कुटेको घटना बाहिर आएपपछि आमा टेककुमारी खत्री चिन्तित छिन् ।

उनले भनिन् ‘छोरालाई स्कुलमा यातना दिइएको रहेछ, डरत्रासले गर्दा छोराले हामीलाई घटना बताएन, ज्वरोको औषधी गराउन मेडिकलमा पु¥याएपछि मात्र घटनाको यर्थात कुरा थाहा पायौं ।’ पीडित बालकको ढाडभरी अहिले पनि निलडाम छ । घटनाका आरोपी थारुले भने शौचालयमा गएका बिद्यार्थीको भिड हटाउने क्रममा विस्तारै पिटपाट मात्रै पारेको दाबी गरेका छन् । उनले सदभावसँग भने, ‘मैले हातले मात्रै हानेको हुँ, तर लाठीले पिटेको भनेर घटनालाई बंग्याउन खोजिदैछ ।’ शिक्षक रामकिसनले बिद्यार्थीलाई यातना दिएको घटना यो नै पहिलो भने होईन् ।

विगतमा पनि थुप्रै बिद्यार्थीलाई कुटेको अभिभावकले बताएका छन् । ‘पहिले पनि ४/५ जना बिद्यार्थीलाई यसैगरी उसले कुटिसकेको छ,’ एक अभिभावकले भने । घटना सार्वजनिक भएपछि जिल्लाका अधिकारकर्मीले दोषीलाई कारबाही र पीडित बालकको उपचारको व्यवस्था मिलाउन माग गरेका छन् । सिविन नेपाल नेपालगन्जका प्रमुख शिद्धराज पनेरुले पटक–पटक घटना दोहो¥याउने शिक्षकलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।

Womui
Womui