‘ऐन कार्यान्वयन नहुँदा समस्या’

127

नेपालगन्ज, माघ २९–
मानव वेचविखन तथा ओसार पसार(नियन्त्रण) ऐन प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा विभिन्न समस्या निम्तिएको सरोकारवालाले जोड दिएका छन् । मानव बेचविखन तथा ओसार पसार(नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयन विषयक महिला कानुन र विकास मञ्चले शुक्रबार नेपालगन्जमा गरेको छलफल गोष्ठीमा उपस्थित कानुन व्यवसायी, अधिकारकर्मी लगायतले यस्तो बताएका हुन् । ऐन कार्यान्वयन भएमा मानव वेचविखन तथा ओसार पसार सम्वन्धी घटना नियन्त्रणमा आउने र बेचविखन पीडितहरु होस्टाइल’ नहुने औल्याए ।

sapana malla

अधिवक्ता सुनिता शर्माले मानव वेचविखन तथा ओसार पसारबारे कानुन कार्यान्वयन गराउने सरकारी निकायको बुझाई नै स्पष्ट हुन नसकेको धारणा राखिन् । उनले अगाडी भनिन् ‘मानव वेचविखनको विषय कति सम्वेदनशिल हो, यसबारे प्रहरी, वकिल र न्यायाधिश नै क्लियर छैनन ।’ अर्का अधिवक्ता विष्णु पोखरेलले अदालतमा मुद्दा चलिसकेपछि पीडित होस्टाइल हुनुको कारण खोज्नुपर्ने सुझाव दिईन् । ‘पीडितहरु किन होस्टाइल भइरहेका छन, यसको कारण खोजिनुपर्छ,’ पोखरेलले सुनाईन्् । महिला तथा बालबालिका कार्यालय बाँकेका सुपरभाईजर एवम् प्रवक्ता विन्दु कुँवरले मानव वेचविखन तथा ओसार पसार नियन्त्रणको काममा अनेक चुनौती रहेको बताईन् । उद्धार कोष स्थापना भएपनि जिल्ला समितिले कोष चलाउन पाउने अधिकार नपाएको गुनासो पोखिन् । ‘वेचविखनमा परेका महिलाको उद्धारमा खर्च गर्न कोष स्थापना गरिएको छ, तर त्यो कोष चलाउन पाइदैन,’ कुँवरले भनिन् ।

माइती नेपाल नेपालगन्जका संयोजक एवम् अधिवक्ता केशव कोईरालाले ऐनको प्रभावकारी कार्यान्वयन नहुदाँ पीडित होस्टाइल हुने ठुलो समस्या रहेको बताए । उनले थपे, ‘कुनै दलाललाई मानव वेचविखन विरुद्धको मुद्दा चलाउनु पर्नेमा उसलाई वैदेशिक रोजगार ऐन अन्तर्गत मुद्दा चलाईन्छ ।’ कार्यक्रममा सहजीकरण गर्दै महिला अधिकारकर्मी तथा पुर्व सभासद सपना मल्ल प्रधानले कानुन बनेपनि कार्यान्वयनको पक्ष चुनौतीपुर्ण हुदाँ पीडितले न्याय पाउन कठिन भएको र बीचमै होस्टाइल हुने खतरा बढेको धारणा राखिन् । उनले भनिन् ‘पीडितले न्याय पाउने किसिमको कानुन त बनेको छ, तर कार्यान्वयनमा जटिलता देखिन्छ ।’

सो अवसरमा महिला कानुन र विकास मञ्च नेपालगन्जका संयोजक सुनील श्रेष्ठ, अधिवक्ता विश्वजित तिवारी, प्रभाकर भट्टराई, साथी संस्थाकी कमला पन्त, सिविनका शिद्धराज पनेरु, पत्रकार महासंघ बाँकेका सल्लाहकार राकेशकुमार मिश्र लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Womui
Womui