मोर्डन र आर्दशलाई भलिबल उपाधी

32

नेपालगन्ज, माघ २९–
हिसान खेल सप्ताह–२०७२ अन्र्तगत भलिबलको उपाधि मोर्डन पब्लिक र आदर्श उच्च माध्यामिक बिद्यालयले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ मोर्डनले डाईनामिक उच्च माबि कोहलपुरलाई पराजित गर्दै उपाधि जित्यो । छात्रतर्फ आदर्शले पनि डाईनामिक उच्च माबि कोहलपुरलाई पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै कोहलपुरमा भएको क्रिकेट प्रतियोगितामा होलिल्याण्ड र ब्राईटल्यड उच्च माबि विजयी भएका छन् ।

होलिल्याण्डले आर्दशलाई एक सय ११ रनले पराजित गरेको छ, भने ब्राइटल्याण्डले मोर्डन पब्लिक उच्च माबिलाई ९२ रनले पराजित गरेको छ । यता नेपालगन्ज रंगशालामा भएको फुटबल प्रतियोगितामा गोर्खा पब्लिक र होलिल्याण्ड उच्च माबि विजयी भएको प्रतियोगिताका संयोजक राजन रानाले जानकारी दिए । गोर्खाले डाईनामिकलाई दुई एक गोल अन्तरले पराजित गरेको हो । होलिल्याण्डले रामजानकी उच्च माबिलाई एक शुन्य गोल अन्तरले पराजित गरेको हो । यसैगरी नेपालगन्ज रंगशालामा भएको ब्याडमिन्टन प्रतियोगिताको सिगल गल्र्समा जिभिएन कलेजका कामना ओली, मोर्डनका श्रीयसी गौतम र ब्वाईजमा रियाज अन्सारी (जिभिएन) र सरोज अन्सारी (होलिल्याण्ड) फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

Womui
Womui