सिद्धार्थ भ्यूले ‘प्रेम संगीत साँझ’ गर्ने

62

नेपालगन्ज, माघ २९–
‘भ्यालेनटाईन डे’ अर्थात् प्रेम दिवसका अवसरमा भ्यू होटेल सिद्धार्थले नेपालगन्जको कारकाँदोमा ‘प्रेम संगीत साँझ’ कार्यक्रम आयोजना गर्ने भएको छ । फेब्रवरी १४ अर्थात् फागुन २ गते साँझ ६ बजेदेखि राती १० बजे सम्म कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रममा विवाहित दम्पत्ति तथा प्रेमी प्रेमिकालाई होटलले आमन्त्रण गरेको छ ।

final hotelnepalgunjकार्यक्रममा नेपालगन्जका वरिष्ठ कलाकार दीपक सल्मानी लगायतका कलाकारले प्रेम सम्वन्धी नेपाली र हिन्दी गीत गजल गाएर विवाहित दम्पत्ति तथा प्रेमी प्रेमिकालाई मनोरन्जन दिने व्यवस्था मिलाइएको होटलका म्यानेजर केशब न्यौपानेले जानकारी दिए । भ्यालेनटाइन डे का अवसरमा भ्यू होटेल सिद्धार्थले विवाहित दम्पत्ति तथा प्रेमी प्रेमिका दुई जनालाई ९ सय ९९ रुपैयाँमा वयलकम ड्रिंस सहित विशेष ड्रिंसको ब्यवस्था मिलाएको छ । थ्रिस्टार स्तरको मान्यता पाएको होटलले पहिलो पटक ‘प्रेम संगीत साँझ’ सहितको प्याकेज ल्याएको हो । विगतका वर्षमा सिद्धार्थले अंग्रेजी नयाँ बर्षमा सांङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो ।

Womui
Womui