पायनियर सहकारी संस्थाको चौथो साधारण सभा

46

नेपालगन्ज, माघ २९–
पायनियर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि संस्थाले साधारण सभा मनाएको हो । साधारण सभाको उद्घाटन शत्रमा बोल्दै बचत तथा ऋण जिल्ला सहकारी संघका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विनोदकुमार शाहले पछिल्लो समयमा केही सहकारीको बदमासीले सिंगो सहकारीको नाम समेत बदनाम भइरहेको भन्दै सहकारीलाई हेर्ने र गर्ने ब्यवहार सकारात्मक राख्नुपर्ने बताए ।

पायनियर सहकारीले सहकारीको मापदण्डमा जोड दिई कार्य गरेको भन्दै उनले बधाई दिए । संस्थाका अध्यक्ष शसी स्वाँरको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसी, फाईन स्मार्ट कन्सल्टेन्सीका प्रवन्धक वीरबहादुर हमाल लगायतको उपस्थिती रहेको थियो । संस्थाले आफ्नो वार्षिक साधारण सभाका अवसरमा उच्च बचतकर्ता, समयमै ऋण बुझाउने ऋणी तथा संस्थाका उत्कृष्ठ कर्मचारी सहित ३९ जनालाई सम्मान गरेको छ ।

संस्थागत उत्कृष्ठ कर्मचारीमा विपना चौधरी र बजार सहायकतर्फ आशा बराल सम्मानित भएका छन् । उत्कृष्ठ व्यवसायीतर्फ चौधरी डभ घर र सौरभ डब घरलाई प्रोत्साहन स्वरुप सम्मान गरियो । अध्यक्ष स्वाँरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कार्यक्षमतालाई अझ सशक्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाईन् । करिप १६ सय बचतकर्ता रहेको उक्त सहकारी संस्थाले सेयर चुक्ता पुजी ५० लाख सँगै ३ करोड ५० लाख बढी निक्षेप संकलन गरि नाफा कमाउन सफल भएको जनाएको छ ।

Womui
Womui