भारतसँग राष्ट्रघाती सम्झौता नगर्न सुझाव

33

काठमाडौं, माघ २९–
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसँग राष्ट्रघाती सम्झौता नगर्न सुझाव दिइएको छ । आफ्नो आसन्न भारत भ्रमणबारे छलफल गर्न तथा सुझाव लिन शुक्रबार ओलीले बोलाएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलले राष्ट्रलाई अहित हुने कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

करिव १७ ओटा दलका प्रतिनिधि नेताले प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपाललाई अहित हुने किसिमका सम्झौताहरु विगतमा भएका उदाहरण पेश गर्दै त्यस्तो नगर्न सुझाव दिएका थिए । उनीहरुले नेपाल–भारत सम्बन्धमा रहेका असमझदारी र जटिलताहरुलाई पनि यस भ्रमणले सभाधान गर्न सक्नुपर्ने बताएका थिए ।

Womui
Womui