गोली प्रहार गरी युवकको हत्या

66

कपिलवस्तु, माघ २९
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित चार नम्बर चोकमा अज्ञात समूहले गोली हानेर एक स्थानीय युवाको हत्या गरेको छ । बिहीबार साँझ साढे ७ बजतेतिर रोतो मोटरसाइकलमा आएका दुई जनाले अन्धाधुन्द गोली प्रहार गर्दा राजेश सेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शी अनुसार सेनमाथि अज्ञात समूहले चार वटा गोली प्रहार गरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ भागेका थिए । छातीमा गोली लागेर गम्भीर घाइते भएका सेनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र फरार अभियुक्तको खाजी भइरहेको प्रहरी नायब उपरीक्षक दिल्लीराज बिष्टले बताए । स्थानीय बासिन्दाले अहिले विरोध प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध पारेको प्रहरीले जनाएको छ ।

Womui
Womui