बालुवाटारमा कार्यदल बैठक

44

काठमाडौं, माघ २९–
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दल र संयुक्त मधेसी मोर्चाको कार्यदल बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण अघि मधेसी मोर्चासँग सहमतिको वातावरण बनाउन बैठक आव्हान गरेका हुन् । भारतका प्रधानमन्त्रीको निमन्त्रणामा ओली फागुन ७ गते भारत भ्रमणमा निस्कदै छन् । आसन्न भारत भ्रमण र समसामयिक राजनीतिक अवस्थाबारे बैठकमा छलफल चलिरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए । बैठकमा तीनदलीय संयन्त्रका सदस्यहरु महेश आचार्य, भीम रावल, कृष्णबहादुर महरा सहभागी छन् । मोर्चा तर्फका हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, राम नरेश राय सहभागी छन् ।

Womui
Womui