’सुशील’दा भेटिएपछि धनी भएँ’

45

नेपालगन्ज, माघ २९–
‘म तल्लो स्तरको गरिबको छोरा, सुशील’दाका कुरा सुनिसकेपछि म धनी भएँ, मलाई कहिल्यै आफू गरिब भएको अनुभूति भएन,’ आफूलाई सुशील कोइरालाका सच्चा अनुयायी भनेर चिनाउन चाहने ‘बब्लु’ अर्थात् नेपालगन्ज–७, फुलटेक्रा निवासी असोनीकुमार ओलीका आँखामा शोकको झल्को छर्लंगै देखिन्थ्यो । कोइरालाको त्याग, निष्ठा र इमानदारीबाट प्रभावित भएरै कांग्रेस राजनीतिमा लागेका थिए बब्लु । त्यसयता उनी अनुयायी नै बने । ’सुशील’दाको अकल्पनीय निधनले म निकै दुःखी छु,’ बब्लुले बिहीबार नागरिकसँग भने, ’चाहेर पनि आर्थिक र स्वास्थ्य समस्याले दाइको अन्त्येष्टिमा सहभागी हुन काठमाडौं जान पाइनँ ।’

sushil bablu pic

२०४६ सालमा पञ्चायतविरुद्ध आन्दोलन चर्किएको थियो । आन्दोलनका सिलसिलामा बब्लुलाई तत्कालीन टे्रड युनियन कांग्रेसका नेता जोगेन्द्रसिंह राठौरले सुशील कोइरालासँग चिनजान गराए । त्यतिबेला बब्लु १७ वर्षका थिए, कक्षा १० मा पढ्थे । त्यतिबेलैदेखि कोइरालाको निष्ठा, त्याग र इमानदारीबाट प्रभावित भएर उनी कांग्रेस राजनीतिमा लागे । ‘सुशील’दा जुन कार्यक्रममा जानुहुन्थ्यो, म त्यहाँ पुग्थें, मलाई अरु कार्यकर्ताभन्दा नजिक ठानेर विश्वास गर्नुहुन्थ्यो,’ उनी सम्झन्छन, ’म चाहन्छु, सुशील कोइरालाजस्तै आदर्शवादी नेता बन्न सकूँ ।’

आफूलाई कोइरालाले पैसाको लोभलालचमा नलाग्न, पार्टीलाई संस्थागत गर्न र समाजसेवा गर्न प्रेरणा दिने गरेको उनी सुनाउँछन् । ‘प्रधानमन्त्री हुँदासमेत उहाँको जीवनशैली साधारण किसिमको थियो, उहाँकै शैली देखेर मेरो मनमा कुनै लोभलालच जागेन ।’ इमानदार कार्यकर्ताको पीरमर्का बुझ्ने सुशीलमा राम्रो खुबी थियो। ‘जाली फटाहालाई तह लगाउने र इमानदार कार्यकर्ताको मनभित्रको कुरा उहाँ सहजै बुझ्नुहुन्थ्यो,’ उनले भने, ‘पार्टीभित्र बार्गे्निङ गर्ने मान्छेलाई सुशील’दा कत्ति राम्रो मान्नुहुन्नथ्यो ।’ राजनीति र देशको सेवामै जीवन त्यागेका कोइरालाले कहिलेकाहीँ कार्यकर्ताले विवाह नगर्नुको कारण सोध्दा ‘पार्टी र कार्यकर्तालाई नै आफ्नो घरपरिवार’ भन्ने गरेको बब्लु सम्भ्किन्छन् । राजनीतिक जीवनमा कोइराला एउटा कुरामा मात्र कमजोर भएको उनको ठम्याइ छ ।

DSC05033

’सुशील’दा एउटै कुरामा कमजोर हुनुहुन्थ्यो, त्यो हो क्यान्सर रोग, जब क्यान्सर रोगले भेट्टायो, त्यसपछि परिवारको बन्धनमा बाँधिनुभयो, नत्र उहाँ पारिवारिक बन्धनमा बाँधिने मान्छे होइन, उहाँ परिवारभन्दा आफूजस्ता इमानदार कार्यकर्तालाई बढी माया गर्नुहुन्थ्यो ।’ अमेरिकामा उपचार गराइसकेपछि क्यान्सरलाई जितेर आएका कोइरालाको निमोनियाबाट निधन हुनुमा केही हेलचेक्र्याई भएजस्तो लाग्छ उनलाई । त्यसो त बब्लु आफैं पनि अस्वस्थ छन् । दुई वर्षअघि हड्डीमा टिबी देखियो । उनी पूर्णरूपमा निको हुन सकेका छैनन् । सुशील’दाले मेरो स्वास्थ्यबारे निकै चिन्ता गर्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँकै सहयोगले मेरो स्वास्थ्यमा सुधार भइरहेको छ ।’
        पान र गुट्खाको सोखिन
बब्लु यति नजिक भइसकेका थिए कि कोइरालालाई मनपर्ने पान र गुट्खाको व्यवस्था उनैले गरिदिन्थे । ‘म सानैदेखि पान खान्थेँ, सुशील’दाले पनि मसँगै पान खानुहुन्थ्यो, दाइलाई भेट्दा मैले सुटुक्क पान झिकेर दिन्थं,’ उनले सुनाए । नेपालगन्ज आएका बेला कोइरालालाई उनी त्रिभुवन चोकको पान चखाउँथे । कोइराला सुरुमा गुट्खाको सोखिन थिए । कार्यकर्ता कोइरालालाई भेट्न जाँदा फलफूलको सट्टा गुट्खा दिन्थे । ‘जब सुशील’दालाई क्यान्सर लाग्यो, त्यसपछि मात्र उहाँले गुट्खा खान छाड्नुभयो,’ बब्लुले भने, ‘अनि हामीलाई सम्झाउन थाल्नुभयो, गुट्खाले नै आफूलाई क्यान्सर लागेको भन्दै जिब्रो देखाउँदै हामीलाई नखान सल्लाह दिनुहुन्थ्यो ।’ काठमाडौंस्थित महाराजगन्जमा कोइरालालाई भेट्न जाँदा पनि बब्लुले कोइरालालाई पान चखाउँथे ।

Bablu

कोइरालाको निधनपछि बाँकेलगायत सिंगो मुलुकले त्यागी, निष्ठावान र इमानदार नेता गुमाएको उनको भनाइ छ । ‘सुशील दाइजस्तो नेता देख्न अब मुस्किल छ, उहाँजस्ता नेता बन्ने हो भने उहाँले देखाएको बाटोमा लाग्नुपर्छ,’ उनले भने । कांग्रेस पार्टीले पनि कोइरालाजस्ता नेता जन्माउन ठूलो त्याग गर्नुपर्ने उनको सुझाव छ तर अहिलेसम्म कांग्रेसभित्र कोइरालाको सिद्धान्तलाई अनुशरण गरेका नेता आफूले देख्न नपाएको बब्लुले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui