महाधिवेशन प्रतिनिधीमा स्याङ्जाबाट देउवा, पोखराबाट संस्थापन धेरै

55

पोखरा, माघ २४–
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीमा शुक्रबार भएको क्षेत्रीय चुनावबाट सभापति सुशील कोइराला समर्थक कार्यकर्ता महाधिवेशन प्रतिनिधि निर्वा्चित भएका छन् । ४ निर्वाचन क्षेत्र भएको कास्कीबाट २९ जना कोइराला र अरु वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष र उपसभापति रामचन्द्र पौडेल लगायत पक्षकाले जितेका छन् । पूर्व सभामुख तारानाथ रानाभाट लगायत केही नेता कोइराला, देउवा र पौडेल कुनैको पनि पक्षमा छैनन, जो महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

क्षेत्र नं ४ मा सभापतिकै उम्मेदवारले मतपत्र च्यातेपछि क्षेत्रीय समिति चयन हुन सकेन । महाधिवेशन प्रतिनिधि चुनिइसकेका छन्, क्षेत्रीय समितिको चुनाव २५ गते हुने भएको छ। गन्दै जाँदा आफ्नो १३ र प्रतिस्पर्धी पोषनाथ शर्माको ३७ मत आएपछि देउबा पक्षीय उम्मेदवार मनोज गुरुङले मतपत्र च्यातेका थिए । जिल्ला अधिवेशन हुने दिन नै फेरि क्षेत्रीय समिति चयनका लागि चुनाव हुने भएको छ । क्षेत्र नं १ मा पार्टी उपसभापति रामचन्द्र पौडेलसमर्थकले देउबा पक्षकालाई समर्थन गरेका थिए । महाधिवेशन प्रतिनिधि बनेका धेरैजसो पुरानै अनुहार छन् । पूर्वसांसद कृष्णकुमारी परियारले क्षेत्र नं २ बाट दलितकोटामा पनि महाधिवेशन प्रतिनिधि जितिनन् भने सांसद शारदा पौडेलले सोही क्षेत्रमा महिला कोटामा प्रतिस्पर्धा गरेर आफूलाई सुरक्षित बनाउन सफल रहिन् ।

उनले केन्द्रमा उपसभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै आएकी छन् । पुराना नेता खेमराज पौडेल बाहेक धेरैले महाधिवेशन प्रतिनिधिको चुनाव जितेका छन् । केन्द्रमा कोइराला, देउबा र पौडेल कतैपट्टि पनि नलागेका अर्का नेता महादेव गुरुङले पनि महाधिवेशन प्रतिनिधिको चुनाव जिते । पुराना नेता शुक्रराज शर्मा, पार्टी जिल्ला सभापति तथा सांसद यज्ञबहादुर थापा, सचिव कृष्ण केसी, नेता देवराज चालिसे र व्यवसायी तिलक रानाभाटसहित कास्कीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निवार्चित भएका छन् । स्याङ्जामा बहुमत संख्यामा देउबा पक्षका कार्यकर्ताले महाधिवेशन प्रतिनिधि चुनाव जितेका छन् । ३ वटा क्षेत्रका सभापति नै देउबा पक्षका नेताले जिते ।

महाधिवेशन प्रतिनिधिमध्ये पनि २३ जना देउवा पक्ष छन् भने १३ जनामात्रै सभापति कोइराला पक्षका छन् । जिल्लामा पूर्व उपसभापति गोपालमान श्रेष्ठको पकड छ । उनी स्वयं देउवा पक्ष रहेकाले पनि उनकै पहल र समर्थनमा देउवा पक्षीयले महाधिवेशन प्रतिनिधि जितेका हुन् । जिल्लाका पार्टी पूर्वसभापति खेमराज रेग्मीले महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् । उनी देउबा समर्थक हुन् ।

Womui
Womui