अर्थमन्त्री पौडेल भारत प्रस्थान

40

काठमाडौं, माघ २४–
प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । ओलीको फागुन पहिलो साता हुने भारत भ्रमणको तयारी स्वरुप अर्थमन्त्री पौडेल आइतबार भारत भ्रमणमा गएका हुन् । पौडेल जेट एयर लाइन्सको विमानमार्फत विहान साढे ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Bishnu paudel

भारत भम्रणका क्रममा अर्थमन्त्री पौडेलले फागुन ७ मा हुने प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल गर्नेछन् । भारत बसाईका क्रममा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र समकक्षी अरुण जेट्लीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । जेट्लीसँगको भेटमा अर्थमन्त्री पौडेलले भारतले नेपाललाई दिँदै सहयोग, भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Womui
Womui