सुशीलको जिल्लामा देउवा र खुमबहादुरको वर्चश्व

75

नेपालगन्ज, माघ २३–

कांग्रेस सभापति सुशील कोईरालाको गृहजिल्ला बाँकेमा वरिष्ठ नेता शेरबहादुर देउवा र खुमबहादुर खड्का पक्षले वर्चश्व कायम गरेको छ । जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधीमा वर्चश्व कायम गरेका हुन् । प्रत्येक क्षेत्रबाट ११ जनाको दरले कुल ४४ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएकोमा देउवा र खुमबहादुर पक्षका २५ जना देउवा र खुमबहादुर पक्षका रहेका छन, भने १८ जना संस्थापन पक्षका निर्वाचित भएको पाइएको छ । एक जना महाधिवेशन प्रतिनिधी भने कतै खुलेका छैनन् ।

Sushil Deuba pic

क्षेत्र नम्वर १ मा संस्थापन पक्षका ६ र देउवा पक्षका ५ जना महाधिवेशन प्रतिनिधीमा निर्वाचित भए । क्षेत्र नम्वर २ मा देउवा/खुमबहादुर पक्षका ७ जना, संस्थापन पक्षका ३ जना र एक जना तटस्थ व्यक्ति निर्वाचित भएको खुलेको छ । यस्तै क्षेत्र नम्वर ३ मा संस्थापन पक्षका ९ र देउवा पक्षका २ जना महाधिवेशन प्रतिनिधीमा निर्वाचित भए । क्षेत्र नम्वर ४ बाट भने सबै महाधिवेशन प्रतिनिधी देउवा र खुमबहादुर पक्षका निर्वाचित भएको पाइएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेस क्षेत्र नम्वर १ मा माधवराम खत्री पुनः निर्वाचित भएका छन् ।

संस्थापन पक्षका युवराज पौडेललाई पराजित गर्दै देउवा र खुमबहादुर पक्षका खत्री निर्वाचित भएका हुन् । यस्तै क्षेत्र नम्वर ४ मा पनि देउवा÷खुमबहादुर पक्षका मोहम्मद नक्की खाँ सभापतिमा निर्वाचित भएका छन् । संस्थापन पक्षका प्रकाशबहादुर शाहीलाई पराजित गरेर खाँ निर्वाचित भएका हुन् । क्षेत्र नम्वर २ र ३ मा भने यसअघि नै मत परिणाम सार्वजनिक भइसकेको थियो । क्षेत्र नम्वर २ को सभापतिमा रामचन्द्र मौर्य र क्षेत्र नम्वर ३ मा रमेश गुप्ता निर्वाचित भएका हुन् ।

Womui
Womui