महोत्सवभित्रको कृषि मेलामा सर्वसाधारणको आर्कषण

109

नेपालगन्ज, माघ २३–
मध्यपश्चिम क्षेत्रीय महोत्सवभित्र मुख्य आकर्षण रुपमा कृषि मेला सञ्चालन भइरहेको छ । मेला अवलोकनका लागि सर्वसाधारण निकै भिड लाग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेको आयोजनामा जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तु, कृषि पुस्तक, पम्पलेट प्रदर्शनमा राखिएको छ ।

krisi mela pic

कृषि मेलामा कृषि प्रविधि, आईटी, किसान परियोजनालाई समेत राखिएको छ । कृषि प्रदर्शनी हेर्न दर्शकको घुइँचो नै लागेको जिल्ला कृषि विकास कार्यलय बाँकेका कृषि प्रसार अधिकृत धन बहादुर पुनले बताएका छन् । जिल्लामा रहेर कृषि क्षेत्रमा काम गरिरहेका आधा दर्जन संस्थाले समेत कृषि मेलामा आफ्ना कामको प्रदर्शन गरेका छन् । आफ्ना बाली प्रदर्शनका लागि ल्याएका उत्कृष्ठ कृषकलाई पुरस्कारको पनि व्यवस्था गरिएको कृषि प्रसार अधिकृत पुनले जानकारी दिए ।

Womui
Womui