सैनिक चढेको माइक्रोबस दुर्घटना हुँदा ९ को मृत्यु

55

काठमाडौं, माघ २३–

नुवाकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा ९ जनाको मृृत्यु भएको छ । १५ जना घाइते भएका छन् । काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको बा १ ज ७५ ८३ नम्बरको माइक्रो सडकबाट झण्डै ३ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ककनीका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार माइकोसमा विदुरस्थित सैन्य तालिम केन्द्रमा तालिमरत सिपाइहरु थिए । दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेल, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईको नाम खुलेको छ । बाँकी मृतकको सनाखत हुननसकेको छैन ।

दुर्घटनास्थलमा आठ जना र एक जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइते पाँच जनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ । दश जना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui