नाका खुलेपनि भारतीय डिपोले तेल दिएन

52

काठमाडौं, माघ २३–
भारतीय आयल निगम(आईओसी)को रक्सौल डिपोले नेपालबाट गएका ३५ वटा ट्यांकरमा तेल भर्न नमानेको नेपाल आयल निगमले जनाएको छ । ‘आइओसी मुम्बईको निर्देशन नभएको भन्दै रक्सौल डिपोले हाम्रा गाडीमा तेल भरेको छैन,’ निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘उनीहरुले शनिबारलाई पनि बहाना बनाएका छन् ।’

भट्टराईका अनुसार नाकाबन्दीअघि बार नहेर अप्ठेरो परेको बेला निगमले भारतमा बिदा हुने आइतबारकै दिन पनि तेल भरेर पठाउने गरेको थियो । भदौं ७ गतेदेखि हालसम्म वीरगन्ज नाकाबाट तेल नभित्रिएका कारण रक्सौल डिपोको सफ्टवेयरमा रक्सौलमा लोड भएका ट्यांकरको रुट जोगवनी उल्लेख गरिएकोले सफ्वेयर अपडेट गर्नु पर्ने, नाकाबन्दीको समयमा लगाईका चेक प्वाइन्टमा इन्ट्री गर्नेजस्ता सिस्टम पनि अपडेट गर्नुपर्ने जस्ता प्राविधिक काम पनि बाँकी रहेकाले वीरगन्जबाट भित्रिने गाडिलाई तेल भर्न नमानेको हुन सक्ने उनको भनाई छ ।

Womui
Womui