उपराष्ट्रपति पुन सैनिक अस्पतालमा भर्ना

32

काठमाडौ, माघ २३–
सिन्धुलीको एक कार्यक्रममा सहभागि हुन पुगेका उपराष्ट्रपति नन्द बहादुर पुनको स्वास्थमा अचानक समस्या देखिएपछि शनिबार हेलिकप्टरबाट काठमाडौं लगिएको छ । सिन्धुलीमा आयोजित तेम्बा साँस्कृतिक कार्यक्रमको लागि उपराष्ट्रपति पुन सिन्धुली पुगेका थिए । कार्यक्रम स्थलमा नै उनको मुटुको चाल बढेको थियो ।

मुटुको चाल बढेर अप्ठेरो महसुस भएपछि सेनाको हेलिकप्टरबाट सैनिक अस्पताल छाउनी ल्याइएको हो । नेपाली सेनाको एम.आई १७ हेलिकप्टरद्वारा ४ः४४ बजे वीरेन्द्र सैनिक अस्पताल ल्याइएको थियो । सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक प्राविधिक उपरथी डा.किशोरजंग राणाका अनुसार हाल उनको स्वास्थ्य स्थिती सामान्य रहको र थप अनुसन्धान तथा उपचारका लागि सैनिक अस्पताल छाउनीमा नै भर्ना गरिएको छ ।

Womui
Womui