फुटबल खेलाडीमाझ गायिका कोमल ओली

106

नेपालगन्ज, माघ २२–
चर्चित गायिका कोमल ओलीले नेपालगन्जमा जारी अन्तराल कप ‘पाँचौ अन्तर बैंक फाइभ ‘ए’ साइड फुटबल अवलोकन गरेकी छन् । शुक्रबार बिहान नेपालगन्ज रंगशालामा सञ्चालित प्रतियोगिताको अवलोकन गरेकी हुन् । प्रतियोगिता अवलोकन गरिकसेपछि उनले खेलाडीलाई शुभकामना दिईन् । त्यसक्रममा खेलाडी, खेलप्रेमी लगायतले गायिका ओलीसँग फोटो सेशन गरेका थिए । सो अवसरमा एन्फाका केन्द्रिय सदस्य प्रदेसिंह राठौर, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, प्रेस युनियन बाँकेका सचिव अर्जुन ओली लगायतको उपस्थिती रहेको थियो ।

Foot ball_ Komal Oli

सो अवसरमा एन्फाका केन्द्रिय सदस्य प्रदेसिंह राठौर, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, प्रेस युनियन बाँकेका सचिव अर्जुन ओली लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार सनराईज बैंक र सांग्रिला विकास बैंकबीच तथा कुमारी बैंक र लक्ष्मी बैंकबीच खेल भएको छ ।

Foot ball_ Komal Oli 2

बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताका खेल लिगकम नक आउटका आधारमा खेलाइएको छ । प्रतियोगिताका सेमिफाइनल खेल माघ २३ गते र २६ गते फाइनल खेल हुनेछ । जिल्लाका ११ वटा बैंकका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेतालाई नगद १५ हजार तथा उपविजेतालाई नगद ५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई छ ।

Womui
Womui