कोईरालाकी सहयोगि मृदुला महाधिवेशन प्रतिनिधीमा निर्विरोध

43

बिराटनगर, माघ २२–
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाकी सहयोगी मृदुला कोइराला महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन् । मोरङको क्षेत्र नम्बर ५ बाट दुई महिला प्रतिनिधिमा कोइरालसँगै मिता आचार्य पनि निर्विरोध निर्वाचित भएको जिल्ला सभापति एवं् सांसद अमृत अर्यालले जानकारी दिए ।

Mridula Koirala pic

शुक्रबार अपरान्हबाट हुने क्षेत्रीय अधिवेशनमा क्षेत्रीय सभापतिका लागि दिलीप पोखरेल र आमोद झाले उम्मेदवारी दिएका छन् । त्यसैगरी खुला ६ महाधिवेशन प्रतिनिधिका लागि सभापति अर्यालसहित अशोक साह, अर्जुन निरौला, जगन्नाथ सिंह, मोहनलाल महतो, सुर्दशन मल्ल ठकुरी, अश्विनी अर्याल, फूलकुमार लालबानी र जवाहर मण्डलले उम्मेवारी दर्ता गरेका छन् ।

आदिवासी जनजाति प्रतिनिधिका लागि हिरालाल मण्डल र उमेश तामाङ तथा मधेसी, मुस्लीम कोटाको एक सदस्यका लागि हसन अन्सारी र तेजनारायण साहबीच प्रतिस्पर्धा हुँदैछ । जम्मा ९ निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लाका अन्य निर्वाचन क्षेत्रमा पनि क्षेत्रीय समिति सभापति लगायत महाधिवेशन प्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता तथा मतदान सुरु हुन लागेको हो ।

Womui
Womui