बिद्यालयमा भोज गरिएकोबारे अधिकारकर्मीको ध्यानार्कषण

44

नेपालगन्ज, माघ २२–

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–१३ गोसाईगाउँस्थित हनुमान नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा विवाह भोज गरिएको घटनाप्रति यहाँका मानव अधिरकारकर्मीले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विवाहको भोज कार्यक्रम सञ्चालन गरेका कारण बिद्यार्थीहरुको पठन पाठन प्रभावित भई बालअधिकार हनन् भएको भन्दै नेपालगन्जका अधिकारवादी संघ, संस्थाले घटनाको भत्र्सना गरेका हुन् ।

बैठकपछि महिला कानुन र विकास मञ्च(एफ. डब्लु.एल.डि)का सुनिल श्रेष्ठ, इन्सेक नेपालगन्जका क्षेत्रीय संयोजक भोला महत, सिविन नेपालगन्जका प्रमुख शिद्धराज पनेरु, हिमराइट्सका प्रकाश उपाध्याय, आईएचआरसीका विश्वजीत तिवारी, माइती नेपालका केशव कोईराला, मानव अधिकार संगठन बाँकेका सभापति प्रह्लादबहादुर कार्कीले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गर्दै घटनामा संलग्नलाई पहिचान गरि आवश्यक कारबाहीका लागि सम्वन्धित पक्षहरुसँग जोडदार माग गरेका छन् ।

‘बिद्यालय शान्ति क्षेत्र राष्ट्रिय प्रारुप २०६८ कार्यान्वयन भएको अवस्थामा पनि बिद्यालय प्रयोग गरि सयौं बिद्यार्थीहरुको पठन पाठनमा अवरोध पुगेकाले बालअधिकार संरक्षण गर्न तथा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदछौ,’ विज्ञप्तीमा जनाइएको छ ।

Womui
Womui