देशभर आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुदै

44

काठमाडौं, माघ २२–
नेपाली कांग्रेसले आज देशभर क्षेत्रीय अधिवेशन सम्पन्न गर्दैछ । कांग्रेस सभापति सुशील कोईरालाको गृहजिल्ला बाँकेमा पनि चारवटै क्षेत्रमा अधिवेशन सुरु भइसकेको छ । कांग्रेस बाँकेका अनुसार क्षेत्र नम्वर १ को अधिवेशन कोहलपुरस्थित भेरी सितभण्डारमा हुनेछ । यस्तै क्षेत्र नम्वर २ को पुरैनीस्थित बाबाकुट्टी, क्षेत्र नम्वर ३ को नेपालगन्जस्थित कांग्रेस पार्टी कार्यालय(विपी स्मृति भवन) र क्षेत्र नम्वर ४ को अधिवेशन ज्ञानोदय उच्च माध्यामिक बिद्यालय खजुरामा आयोजना गरिएको हो ।

प्रत्येक क्षेत्रीय अधिवेशनले क्षेत्रीय सभापति, सचिव र कोषाध्यक्ष सहितको कार्यसमिति पदाधिकारी, जिल्ला सदस्य र महाधिवेशन प्रतिनीधि निर्वाचित गर्नेछन् । यस पटकको अधिवेशनमा विभिन्न पदका लागि आकांक्षीको ओइरो नै लागेको छ । कांग्रेस उम्मेदवारहरु मत माग्न बिहीबार रातभर कार्यकर्ताको घरदैलोमा पुगेका छन् । कांग्रेसका नेता, कार्यकर्ताहरुमा यतिबेला चुनावको सरगर्मी नै बढेको छ । कांग्रेस सभापति सुशील कोईरालाको गृहजिल्ला बाँकेमा हुन लागेको क्षेत्रीय अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि माघ २५ गते जिल्ला अधिवेशन हुनेछ । कांग्रेसको जिल्ला सभापतिका लागि अहिले सम्म ४ जनाले दावेदारी प्रस्तुत गरेका छन् ।

Womui
Womui