मोर्चाले शुक्रबार नाकाबन्दीबारे निर्णय गर्ने

39

काठमाडौं, माघ २१–
आन्दोलनरत मधेसी मोर्चाले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । मोर्चाको शुक्रबार बस्ने बैठकमा जारी आन्दोलनको स्वरुप परिपर्तन गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । मोर्चाका नेता एवं सघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले भने, ‘एकै प्रकारको आन्दोलन लामोसमयसम्म चल्दा त्यसले लक्षित समुहलाई भन्दा पनि जनतालाई बढी सास्ती भया, आन्दोलनलाई जारी राख्दै घोषित कार्यक्रममा परिवर्तन हुनसक्छ ।’

नयाँ संविधान र सीमाकंनलगायतका विषयमा असहमति जनाउँदै साउन ३० देखि आन्दोलन गर्दै आएका छन् । मोर्चाले काठमाडौंको दानापानी बन्द गराउने भन्दै मोर्चाले गत असोजदेखि सीमा नाकामा अबरोध गर्दै आएको छ । सरकारलाई दबाब दिन नाकाबन्दी गरेपनि त्यसले सरकारलाई भन्दा जनतालाई सास्ती भएको भन्दै सीमानाकाको अबरोध हटाउन मोर्चाभित्रै दबाब पर्दै आएको छ ।

Womui
Womui