फाइभ ए साइड फुटबलमा सिद्धार्थ र सानिमा बैंक विजयी

142

नेपालगन्ज, माघ २१–
नेपालगन्जमा जारी अन्तराल कप ‘पाँचौ अन्तर बैंक फाइभ ‘ए’ साइड फुटबल अन्तर्गत बिहीबार दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा सिद्धार्थ बैंक विजयी भयो । नवील बैंकलाई १ शुन्यले पराजित गर्दै सिद्धार्थ बैंक विजयी भएको हो । सिद्धार्थका सन्तोष लम्सालले गोल गरेर टिमलाई जित दिलाएका हुन् । यस्तै दोस्रो खेलमा सानिमा बैंक विजयी भयो । प्राइम कर्मसियल बैंकलाई २ शुन्यले पराजित गर्दै सानिमाले विजयी सुनिश्चित गरेको हो । सानिमाका गोपाल थारुले गरेको २ गोल नै जितका लागि निर्णायक बन्यो ।

football

प्रतियोगिता अन्तर्गत शुक्रबार सनराईज बैंक र सांग्रिला विकास बैंकबीच तथा कुमारी बैंक र लक्ष्मी बैंकबीच हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । शुक्रबार बिहान करिव ८ बजे सुरु हुने फुटबल खेल अवलोकनका लागि चर्चित गायिका कोमल ओलीको समेत सहभागिता रहने शाहले बताए ।

शहिद दिवसका अवसरमा अन्तरालले उक्त प्रतियोगिता सञ्चालन गरेको हो । बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताका खेल लिगकम नक आउटका आधारमा खेलाइएको छ । प्रतियोगिताका सेमिफाइनल खेल माघ २३ गते र २६ गते फाइनल खेल हुनेछ । जिल्लाका ११ वटा बैंकका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेतालाई नगद १५ हजार तथा उपविजेतालाई नगद ५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई छ ।

Womui
Womui