बम विष्फोट गराउँदै आतंक मच्चाउने पक्राउ

34

राजविराज, माघ २०–
राजविराज सहित विभिन्न ठाउँमा बम विष्फोट गराउँदै आतंक मच्चाउने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विष्फोटमा सलग्न अन्य चार जना भने फरार रहेका छन् । पक्राउ परेका सप्तरीको फर्सेठ–६ का ३२ वर्षीय सुरेन्द्र कुमार यादवविरुद्ध प्रहरीले बम विष्फोट तथा अपहरण तथा शरिर बन्धक प्रयासको आरोपमा मंगलबार मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक सुरज खडकाले बताए । मधेस आन्दोलन उग्र बन्दै गरेका बेला पाँचजना मिलेर राजविराज–५ मा गठन गरेको मधेस मसिहा नामक समूहले मोबाइलमा धम्की दिँदै चन्दा माग्दै बम पड्काई आतंक मच्चाएको सप्तरी प्रहरीले जनाएको छ ।

Womui
Womui