मोर्चाका नेता लम्पासार पर्नु लज्जास्पद : खनाल

110

काठमाडौं, माघ २०–
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका नेताहरू भारतमा गएर लालुप्रसाद यादवको अगाडि लम्पसार पर्नु लज्जास्पद भएको बताएका छन् । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा गरेको संविधान कार्यान्वयन, राष्ट्र र पार्टीको निर्माण विषयक कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।

‘मुक्तिका लागि भन्दै भारतमा गएर लालुका सामु लम्पसार पर्नु गलत र लज्जाको विषय हो,’ उनले भने । भारतले लगाएको नाकाबन्दी मानवीयताविरोधी, दुई देशबीचको सहमतिविपरीत भएको पुर्वप्रधानमन्त्री खनालको भनाई छ । भारतले आफूले नेपालमा नाकाबन्दी लगाएको भन्ने आँट नगरेको खानलले बताए ।

Womui
Womui