महोत्सवमा त्रिशक्ति सिमेन्टको छुट योजना

113

नेपालगन्ज, माघ २०–
मध्यपश्चिम क्षेत्रिय महोत्सव–२०७२का अवसरमा चाचान ग्रुप अन्तर्गतको जय बागेश्वरी सिमेन्टस् प्रालिले त्रिशक्ति सुपर र बज्रशक्ति ब्राण्ड सिमेन्टको खरिदमा उपभोक्ताका लागी विशेष छुट योजना ल्याएको छ । यो छुट योजना अन्तर्गत कम्पनीले आम उपभोक्तालाई सिमेन्टको खरिदमा प्रतिबोरा दश रुपैयाँका दरले छुट दिने घोषणा गरेको हो । गुणस्तरियताका कारण छोटो समयमै लोकप्रियता कमाउन सफल यस उद्योगले उपभोक्ताको हितलाई ध्यानमा राख्दै यस्तो योजना ल्याएको हो ।

Trishakti Cement Logo

माघ २१ देखि फागुन २ गतेसम्म सञ्चालन हुने मध्य पश्चिम क्षेत्रिय महोत्सवमा यस कम्पनीको स्टलमा आएर सिमेन्टको अर्डर बुक गर्ने उपभोक्ताले यस्तो छुटबाट लाभ पाउनेछन् । सिमेन्टको खरिदमा छुट पाउनका लागी उपभोक्ताहरुले कम्पनीको स्टलमा सम्पर्क राखेर आफ्नो अर्डर बुक गराउनुपर्नेछ । नगद छुट सुविधाका लागी उपभोक्ताले सिमेन्टका लागी अर्डर बुक गरेको मितिले दश दिनभित्र डेलिभरी लिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

Womui
Womui