सावधान ! चोरको फन्दामा परिएला

92

नेपालगन्ज, माघ २० —
रातको समयमा कुनै अपरिचित व्यक्तिले तपाईको ढोका ढक्ढक्याउँछ भने एक पटक विचार पु¥याउँनुस् है । नत्र चोरहरुले सजिलैसँग फन्दामा पार्न सक्छन् । नेपालगन्जमा केही समययता ढोका ढक्ढक्याउँदै घरभित्र पसेर चोरी गर्ने समुह नै सक्रिय भएको छ । महिला, बालबालिका र बृद्धबृद्धा मात्र बसेका घर पहिचान गर्दै ढोका खोल्न लगाउने र नक्कली पेस्तोल तथा धारिलो हतियार देखाएर चोरी गर्ने समुह सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेका अभियुक्त ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेका अभियुक्त ।

चोरहरुको समुहले महिला, बालबालिका र बृद्धबृद्धा बस्ने घर पहिचान गरी रातको समयमा डरत्रास देखाएर लुट्ने, बाटोमा पार्किङ गरेर राखिएका साईकल र मोटरसाईकल चोरी गर्ने गरेको प्रहरीको भनाई छ । त्यसरी चोरीमा संलग्न मध्यको एक समुहलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगन्ज–१ धम्बोझीमा डेरा लिई चोरीमा संलग्न सुर्खेत विरेन्द्रनगर नगरपालिका–५ गणेशचोक निवासी २० बर्षिय प्रवेश क्षेत्री र काठमाडौं महानगरपालिका मित्रनगर का १६ बर्षिय विनोद तामाङलाई बाँके प्रहरीले चोरीका विभिन्न सामान सहित पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार सार्वजनिक गरेको छ । लागु औषधी दुव्र्यशनीमा समेत संलग्न अभियुक्तद्धयको संलग्नता नेपालगन्जका विभिन्न ठाउँमा भएका चोरीका घटनामा देखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त पन्तले जानकारी दिए ।

उनका अनुसार अभियुक्तले यही माघ १४ गते राती करिव २ बजे धम्वोझी निवासी बोधीप्रसाद खनालको घरमा प्रवेश गरी नक्कली पेस्तोल र चक्कु देखाएर मोबाईल, ल्यापटप, सुनचाँदीका गरगहना लुटेका थिए । सोही घटनाका कारण त्रसित भएका ६८ बर्षिय खनालको केही घण्टापछि मृत्यु समेत हुन पुगेको प्रहरी उपरिक्षक पन्तले बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘घरमा चोर पसेपछि एक त उहाँमा त्रास भयो, त्यसमा पनि चिसो मौसममा चोरहरुले नियन्त्रणमा लिई केहीबेर बाहिर राखेका कारण समस्या भयो ।’ पारिवारीक स्रोतका अनुसार खनाल लामो समयदेखि दमका बिरामी थिए । उनको मृत्यु हुनुको कारण चोरीको घटनासँग जोडिएपनि पक्राउ परेका अभियुक्तलाई थप कारबाही गर्न कानुन पर्याप्त नभएको पन्तको भनाई छ ।

पक्राउ परेका अभियुक्तले माघ १५ गते नेपालगन्ज २ बुद्धचोकबाट महिला मात्र भएको घरमा पसेर चाँदी, सुन तथा नगद २ हजार चोरेको र माघ १६ गते नेपालगन्ज २६ राँझा स्थित एयरपोर्ट जाने सडकमा रहेको घुम्ती पसल फुटाएर सामान चोरी गरेको प्रहरीको अभियोग छ । अभियुक्त मध्ये एक जना पुर्व प्रहरीका छोरा हुन् । उनीहरुलाई प्रचलित कानुन अनुसार मुद्दा चलाइने प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमकिरण बोगटीले जानकारी दिए ।

Womui
Womui