मध्यपश्चिमका एलडिओ र कार्यकार्य अधिकृत नेपालगन्जमा

20

नेपालगन्ज, माघ २०—
उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा नेपालगन्ज आइपुगेका छन् । स्थानीय विकास मन्त्रालय अन्तर्गतको मध्यपश्चिम क्षेत्रीय अन्तरक्रियालाई सम्बोधन गर्न थापा नेपालगन्ज आएका हुन् । थापाले मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिका प्रमुख लगायतलाई बिहान ९ बजेपछि होटल सिद्धार्थ भ्यूको सभाहलमा सम्बोधन गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री थापा पुर्वका तीन वटा विकास क्षेत्र र सुदुरपश्चिम क्षेत्रको कार्यक्रममा यसअघि सहभागि भएका थिए ।

Womui
Womui