अलग दुर्घटनामा दुईको मृत्यु, एक घाईते

34

चितवन, माघ १९—
चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १५४ नम्बरको ट्रकले रत्ननगर नगरपालिका–७ टिकौलीमा गएराति चार वर्षीय बालक अंकुश मिश्रलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीको इटहरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट अन्य एकजना गम्भीर घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–४ हलगडा चोकमा मंगलबार विहान मे १ ख १८२२ नम्वरको टिपरले को १३ प ९११९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१३ का यामबहादुर राईको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी महिलाको भने पहिचान हुन सकेको छैन । उनको अबस्था गम्भीर रहेको र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui