समुद्रमा डुबेर भारतमा १३ विद्यार्थीको मृत्यु

47

एजेन्सी, माघ १९—
भारतको महाराष्ट्र राज्यस्थित मुम्बईको दक्षिण क्षेत्रमा अवस्थित पश्चिमी समुद्रीतटमा पौडी खेल्ने क्रममा १३ जना विद्यार्थीको डुबेर मृत्यु भएको छ । उनीहरु पुनेको अबेदा इनामदार कलेजबाट वनभोजका लागि राइगढ जिल्लाको मुरदतटमा गएका थिए । घटनामा परेका विद्यार्थी १९ देखि २३ वर्षबीचका रहेको सहायक प्रहरी निरीक्षक अरविन्द पटेलले बताए ।

india student

मृत्यु हुनेमा १० जना छात्रा र तीन जना छात्र भएको उनले बताए । पुनेबाट मानविकी, विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत १ सय ५५ जना विद्यार्थी सोमबार वनभोज खानका लागि उक्त सामुद्रिकतटमा गएका थिए । स्थानीय समय अनुसार करिव ३:३० बजे पौडी खेल्न उक्त सामुद्रिक किनारमा गएका विद्यार्थी डुबेको समाचारमा जनाइएको छ ।

Womui
Womui