प्रचण्ड र भारतीय राजदुतबीच भेटवार्ता

75

काठमाडौं, माघ १९—
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच मंगलबार बिहान भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरूबीच भइरहेको छलफलको प्रगतिबारे कुराकानी भएको छ । भेटमा अध्यक्ष प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह गरेका थिए ।

bhet barta

भेटमा भारतीय राजदूत रेले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताएका थिए । एमाओबादी अध्यक्ष प्रचण्डले सोमबार मात्र भारतको विश्वास नभएको अभिव्यक्ति दिएका थिए ।

Womui
Womui