‘सहमति पश्चात भारतको नाकाबन्दी हट्छ’ : प्रचण्ड

47

काठमाडौं, माघ १८–
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसीवादी दलसँग कुनै संयन्त्रमार्फत तीन महिनामा सीमांकन टुंग्याउने सहमति भए पश्चात मात्र भारतले नेपालमाथि लगाएको नाकाबन्दी हट्ने बताएका छन् ।

Prachanda

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार भेटघाट तथा जलपान कार्यक्रममा उनले भने, ‘संविधान संशोधनका दुई विधेयक र तीन महिनाभित्र सिमांकन मिलाउने गरी भारतसँग समझदारी भएको ब्रिफिंग परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण पछि गर्नु भएको थियो, संविधान संसोधन त भयो, तर सीमांकनको कुरा मिलेको थिएन, त्यसैले केही साथीले संशोधन पछि नाकाबन्दी खुल्ने आशा व्यक्त गरेपनि मलाई चाहीं खुल्छ जस्तो लागेको थिएन ।’ संविधान निर्माण पूर्व आफूले गरेको भारत भ्रमणका क्रममा भारतीय अधिकारीसंग संविधानका विषयमा कुनै सम्झौता नभएको प्रचण्डले बताए ।

Womui
Womui